Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

बिमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य पोखरेलद्वारा सपथ ग्रहण

बिमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य पोखरेलद्वारा सपथ ग्रहण

  •  

    काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्। अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा पोखरेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समक्ष शपथ लिएकी हुन्।

    सो अवसरमा उपप्रधानमन्त्री पौडेलले बिमा क्षेत्रको सुधार र प्रगति बारे आफ्ना विचार राख्दै भने, “बिमा क्षेत्रमा कुनै पनि नागरिक पीडित हुनु नहुने, र कुनै पनि व्यक्तिले अन्यथा गर्नु हुँदैन। यसका लागि सुनिश्चित व्यवस्था गर्न आवश्यक छ। साथै, बिमा क्षेत्रमा नयाँ योजनाका साथ काम गर्न महत्त्वपूर्ण छ, ताकि यसको प्रभावकारिता र पहुँच जनतासम्म पुग्न सकोस्।”

    राधा पोखरेललाई गत फागुन २८ गते बिमा प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij