Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन : सांसद सिटौला

आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन : सांसद सिटौला

  • काठमाडौँ ।नेपाली कांगे्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । 

    राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ रु सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।”

    सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटी वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ ।”

    द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्याउनुपर्ने सांसद सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “छिटो न्याय दिन आवश्यक छ । हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायाँै । अब मिलेर समस्या समाधान गर्नुपर्छ ।” परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उहाँले सबै एकताबद्ध भएर उभिने बेला आएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij