Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

अन्तर्राष्ट्रि हवाई टिकटमा भ्याट खारेज गर्न माग

अन्तर्राष्ट्रि हवाई टिकटमा भ्याट खारेज गर्न माग

  • काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई टिकटमा भ्याटको व्यवस्थाले पर्यटकको आगमन घटेको भन्दै खारेज गर्न माग  गरिएको छ ।मारमा परेका पर्यटन व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् ।नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)द्वारा  बिहीबार काठमाडौंँमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले समग्र पर्यटन व्यवसाय नै प्रभावित भएको भन्दै हवाई टिकटमा भ्याट खारेज गर्नुपर्ने माग गरे ।

    नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले भ्याट खारेज गर्न डिलो गरे पर्यटन क्षेत्र नै तहसनहस हुने चिन्ता व्यक्त गरे । भ्याटका कारण हवाई टिकट महँगो भएपछि विदेशी पर्यटकहरु नेपाल आउनुको साटो घुम्नका लागि अन्य मुलुक जान थालेको उनले जनाए ।

    उनका अनुसार नेपाल आउने पर्यटक पनि भ्याटले हवाई भाडादर महँगो भएपछि अन्य देश जान थालेका छन्। हाम्रो पर्यटन उद्योग तहसनहस हुने देखिएको छ। त्यसैले  भ्याट खारेज गर्नुको विकल्प छैन ।हवाई टिकटमा भ्याटले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे नाट्टाले नेपाल पर्यटन बोर्डसँग मिलेर अध्ययन गर्न लागेको जनाइएको छ । नाट्टाका पूर्वअध्यक्ष मधुसुदन आचार्यले हवाई टिकटमा भ्याट न्यायोचित नभएको बताए। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij