Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

काठमाडौँमा प्रदर्शनको प्रभाव : तीनकुने र नयाँ बानेश्वरमा सुरक्षा कडा, यातायात प्रभावित

काठमाडौँमा प्रदर्शनको प्रभाव : तीनकुने र नयाँ बानेश्वरमा सुरक्षा कडा, यातायात प्रभावित

  •  

    काठमाडौँ । तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको मुख्य सडक आज बन्द गरिएको छ। गणतन्त्रवादी र राजावादी समूहका विरोध प्रदर्शनका कारण नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

    सुरक्षा कारणले गर्दा, सर्वसाधारणलाई साइड लेनमार्फत हिँड्न अनुमति दिइएको छ र शंकास्पद गाडीहरूको चेकिङ पनि कडा बनाइएको छ।

    गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा विरोध प्रदर्शन आयोजना गरेको छ, भने राजावादी समूहले तीनकुनेमा सभासहित शक्ति प्रदर्शन गरेको छ। यी प्रदर्शनका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकालिएका छन्, जसको परिणामस्वरूप यातायात प्रभावित भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij