Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

  •  

    काठमाडौं ।विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा आएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो।

    कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमा १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि, र ३९ लाख कित्तामा १० प्रतिशत दरले ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको छ।

    गोरखा जिल्लाका स्थानीयलाई छुट्याइएको सेयरमा, धार्चे गाउँपालिकाका वडा नम्बर ४ र ५ का स्थानीयलाई ४० प्रतिशत र वडा नम्बर १, २, ३, ६ र ७ का स्थानीयलाई ६० प्रतिशत सेयर छुट्याइएको छ। सम्बन्धित स्थानका स्थानीयले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २० गतेसम्म रहेको छ, र यदि आवेदन मागअनुसार प्राप्त नभएमा, असार ४ गतेसम्म आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसका लागि आवेदन प्रभु क्यापिटल लिमिटेडको कार्यालय र अन्य सहभागी बैंक तथा वित्तीय संस्थामा गर्न सकिनेछ। साथै, मेरो शेयर अनलाइनसमेत आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ।

    कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका ४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड १९ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानी भएको भए पनि, कम्पनीले चालू आर्थिक वर्षमा ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij