Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

नेपाल भ्रमणको बुकिङ रद्द गर्दै विदेशी

नेपाल भ्रमणको बुकिङ रद्द गर्दै विदेशी

  • काठमाडौँ । पर्यटनको मौसममा नेपाल भ्रमणको बुकिङ विदेशी पर्यटकले रद्द गर्न थालेका छन् । राजावादीले चैत १५ गते हिंसात्मक प्रदर्शन गरेपछि विदेशीहरूले नेपाल भ्रमणको बुकिङ रद्द तीव्रगतिमा गर्न थालेका हुन् ।व्यवसायीहरुका अनुसार नेपाल भ्रमणका लागि होटल, ट्राभल, ट्रेकिङ बुकिङ गरेका पर्यटकहरुले धमाधम रद्द गर्न थालेका छन्।

    नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले शुक्रबारको प्रदर्शनको नकारात्मक सन्देश विश्वभर पुगेको जनाएका छन् ।राजावादीको प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरेका थिए। यसले पर्यटकहरुमा नेपाल सुरक्षित छैन भन्ने सन्देश गएको व्यवसायीहरुको भनाइ छ।अष्ट्रेलियाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एडभाइजरी नै जारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij