Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिबारे सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिबारे सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

  • काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ओझाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाईपछि बुधबार कारण देखाउ आदेश जारी गरेको हो ।साथै इजलासले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

    अधिवक्ता इन्दिरा धमलाले  ओझाको नियुक्तिविरुद्ध चैत १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति, प्राधिकरण र ओझालाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्।फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो।उच्च व्यवस्थापकीय अनुभव नभएका ओझालाई स्वार्थ समूहको प्रभावमा नियुक्त गरेको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij