Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

सभापोखरी हाइड्रोपावर लिमिटेड र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता

सभापोखरी हाइड्रोपावर लिमिटेड र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता

  •  

    काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेड बीच सेयर प्रत्याभूति गर्ने सम्झौता सम्पन्न भएको छ। बुधबार भएको सम्झौतामा कोषका कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरे।

    सभापोखरी हाइड्रोपावर लिमिटेडले १०० रुपैयाँ प्रति सेयरको दरमा १० लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ, जसको कुल मूल्य १० करोड ७५ लाख रुपैयाँ हुने छ। उक्त सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्नेछ। कम्पनीले संखुवासभा जिल्लास्थित सभापोखरी गाउँपालिकामा ५ मेगावाट क्षमताको लङ्खुवा खोला जलविद्युत आयोजना स्थापना गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij