
काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभयो ।
मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताउनुभयो । सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु¥याउनका लागि पाइप लाइनको विस्तार गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij