Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९४ हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्यायो

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९४ हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्यायो

  •  

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक तर्फको ९४ हजार ७९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले यी शेयरहरु विद्यमान संस्थापक शेयरधनीहरुका लागि प्राथमिकतामा राखेर विक्रीमा ल्याएको हो।

    इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ। आवेदनमा आफूले खरीद गर्न चाहेको शेयरको कित्ता समेत खुलाई दिनुपर्नेछ।

    कम्पनीले बोध प्रसाद त्रिपाठीको नाममा रहेको ३२ हजार २९२ कित्ता र स्वदेश सक्युरिटिजको नाममा रहेको ६२ हजार ५०५ कित्ता संस्थापक शेयर विक्री गर्न लागिरहेको छ।

    यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा, यी शेयर अन्य व्यक्ति र संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij