Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

सुकेटारमा चारमहिना पछि  नेपाल वायुसेवा निगमको उडान सेवा फेरि सुरु

सुकेटारमा चारमहिना पछि  नेपाल वायुसेवा निगमको उडान सेवा फेरि सुरु

  • काठमाडौँ । सरकारी स्वामित्वको हवाई सेवा कम्पनी नेपाल वायुसेवा निगमले करिब चार महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा फेरि उडान सेवा सुरु गरेको छ।निगमले आइतबार ५ यात्रु बोकेर सुकेटारमा फेरि उडान गरेको हो । निगमले गत शुक्रबार नै सुकेटारमा उडान गर्ने तालिका तय गरेको थियो ।  प्राविधिक समस्याका कारण आइतबारका लागि त्यसलाई सारिएको थियो ।

    ट्वीनअटर जहाज सुकेटारबाट ६ यात्रु बोकेर काठमाडौं फर्किएको निगमका अधिकारीहरुले जनाएका  छन्। जहाजमा समस्या आएपछि निगमले मंसिर अन्तिममा सुकेटारमा उडान बन्द गरेको थियो। निगमसँग अहिले ट्वीनअटर जहाज २ वटा छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij