Logo

Jul 29 2025 | २०८२, साउन १३गते

Jul 29 2025 | २०८२, साउन १३गते

images

नेपाल धितोपत्र बोर्डले दियो ट्रेड टावरलाई आईपीओ निष्कासन गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले दियो ट्रेड टावरलाई आईपीओ निष्कासन गर्ने अनुमति

  • काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ट्रेड टावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ। चैत २५ गते बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनको लागि स्वीकृति दिएको हो।

    कम्पनीले २०७९ साल असार १४ गते ११ करोड ५८ लाख ९८० कित्ता आईपीओ निष्कासनको अनुमति मागेको थियो, तर बोर्डले कम्पनीले मागेकोभन्दा कम आईपीओ निष्कासनको अनुमति दिएको छ। यो कम्पनीले ३२ महिनापछि आईपीओ निष्कासनका लागि स्वीकृति पाएको हो।

    हाल संस्थापक समूहको ५१।३० प्रतिशत शेयर स्वामित्व रहेको ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा ४८.६९६ प्रतिशत शेयर जारी गर्न अनुमति पाएको हो। आईपीओ निष्कासन र बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँ हुनेछ।

    कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड कार्यरत रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij