Logo

Jul 29 2025 | २०८२, साउन १३गते

Jul 29 2025 | २०८२, साउन १३गते

images

आज विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

आज विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन

  • काठमाडौँ ।  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (चैत २६ गते)अन्तिम दिन रहेको छ।


    लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गरेको हो। चैत २५ गते, साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ९३ हजार ८५९ जनाले २ अर्ब ९१ लाख २५ हजार रुपैयाँबराबरको १ करोड ९१ हजार २५० कित्ता शेयरका लागि आवेदन दिएका छन्। लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्काशन गरेको हो।

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

    लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij