Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

ट्रेड टावर लिमिटेडको आइपीओ वैशाख ८ गतेदेखि : वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि पहिलो चरणमा खुल्ने

ट्रेड टावर लिमिटेडको आइपीओ वैशाख ८ गतेदेखि : वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि पहिलो चरणमा खुल्ने

  • काठमाडौं ।  ट्रेड टावर लिमिटेडले २०८२ वैशाख ८ गतेदेखि आफ्नो प्राथमिक सेयर  निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आइपीओ ल्याउन लागेको हो।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेअनुसार, कम्पनीले ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको जारी पुँजीको ४८.६९६ प्रतिशत हिस्सा, अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो।

    यस  प्रतिकित्ता १ सय रुपैयाँ दरमा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी हुनेछ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९।३० कित्ता सेयर खुला हुनेछ।

    आवेदनकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। यस आइपीओको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्था तथा मेरोसेयर प्रणालीमार्फत दिन सकिनेछ।

    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई  रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ २०८१ माघ ७ मा दिइएको हो र २०८२ माघ ७ सम्म मान्य हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij