
काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छली गरेको निष्कर्षसहित सुन्दर हार्डवेयर एण्ड प्लाइउड र उक्त कम्पनीका प्रोपराइटर जोगेन्द्र अग्रहरी विरुद्ध मुद्दा दर्ता गरेको छ ।राजस्व अनुसन्धान कार्यालय बुटवलले सुन्दर हार्डवेयर एण्ड प्लाइउड र त्यसका प्रोपराइटर जोगेन्द्र अग्रहरी विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व छलीको मुद्दा दर्ता गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ८. लुुम्बिनी गेटमा रहेको सुन्दर हार्डनियर एण्ड प्लाइउड र त्यसका प्रोपराइटर जोगेन्द्र अग्रहरी विरुद्ध एक करोड आठ लाख बयासी हजार ९सय रुपैयाँको मागदाबी गरी मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागकी उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ‘ कारोबार स्थलमा खानतलासी गरी अनुसन्धान गर्दा उक्त फर्मका प्रोप्राइटर जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको कारोबारवाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४१) र (झ) बमोजिमको राजस्व चुहावटको कसूर गरेको हुँदा निज उपर उक्त राजस्व चुहावटको प्रकृति, गाम्भीर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४ (छ) र (झ) बमोजिम चौवन्न लाख एकचालीस हजार चार रुपैयाँ पचास पैसा बिगो कायम गरी ऐ. ऐ. ऐनको दफा २३(१) बमोजिम बिगो असुल उपर गरी बिगोको शतप्रतिशत रु. चौवन्न लाख एकचालीस हजार चार रुपैयाँ पचास पैसा जरिवाना गरी कुल एक करोड आठ लाख बयासी हजार ९ रुपैयाँ र सोही ऐनको दफा २३(१) बमोजिम हदैसम्मको कैद सजायको मागदावी लिई सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मिति २०८२/०१/०२ मा अभियोग पत्र दायर गरिएको छ।’
यस्तो छ विज्ञप्ति
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij