Logo

Sep 07 2025 | २०८२, भदौ २२गते

Sep 07 2025 | २०८२, भदौ २२गते

images

सुन मूल्यको नेपाली बजारमा अर्को नयाँ रेकर्ड, बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम

सुन मूल्यको नेपाली बजारमा अर्को नयाँ रेकर्ड, बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम

  • काठमाडौँ । सुनको मूल्यले नेपाली बजारमा अर्को नयाँ रेकर्ड बनाएको छ ।  सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।  निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।  महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij