Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

सन नेपाल लाइफको २७% हकप्रद शेयर : वैशाख ४ सम्मका शेयरधनीलाई मात्र अवसर

सन नेपाल लाइफको २७% हकप्रद शेयर : वैशाख ४ सम्मका शेयरधनीलाई मात्र अवसर

  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गर्दैछ। कम्पनीले हालको ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।

    यो हकप्रद शेयर खरीद गर्ने अधिकार वैशाख ४ गतेसम्म कायम शेयरधनीहरूलाई मात्र रहनेछ। कम्पनीले वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले त्यसअघिसम्म शेयर किन्नेलाई मात्र हकप्रदमा भाग लिन पाउनेछ।नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको यस हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

    कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशअनुसार जीवन बीमा कम्पनीले न्यूनतम राख्नुपर्ने ५ अर्ब चुक्तापूँजी पुर्याउन हकप्रद शेयर ल्याउन लागेको हो।यस हकप्रद शेयर निष्कासन तथा विक्री व्यवस्थापनको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ। हकप्रद निष्कासनको मिति भने कम्पनीले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij