Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

शनिबार र आइतबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

शनिबार र आइतबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो शनिबार र आइतबार देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत सञ्चालित यस अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका समेटिने छन्।

    स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ का साथै एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकामा कुपोषणको परीक्षणसमेत गरिने योजना छ।

    कार्यक्रम सफल पार्नका लागि देशभरबाट करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

    सरकारले भिटामिन ‘ए’ को अभावका कारण हुनसक्ने अन्धोपन र अन्य स्वास्थ्य समस्याबाट बालबालिकालाई जोगाउन २०५० सालमा आठ जिल्लाबाट यो कार्यक्रम सुरु गरेको थियो। कार्यक्रमको सफलतापछि २०५९ सालदेखि देशभर लागू गरिएको हो। यस्तै, जुकाको औषधि खुवाउने अभियान २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा विस्तार गरिएको हो।

    २०६४ सालदेखि सुरु गरिएको बालभिटा कार्यक्रम पनि अहिले सम्मिलित गरिएको छ। सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij