Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

होटेल सारथीको आइपीओ तयारी : १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन हुँदै

होटेल सारथीको आइपीओ तयारी : १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन हुँदै

  • काठमाडौं । होटेल सारथी प्रालिले पहिलो पटक साधारण सेयर  निष्कासन गर्ने भएको छ। कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

    सारथी होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएसँगै आइपीओ प्रक्रियालाई औपचारिकता दिइएको हो।

    कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो। आइपीओ पश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ।

    २०७२ सालमा धुलिखेलमा स्थापना भएको होटेल सारथी २०७६ सालको चैत्र महिनादेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। कम्पनीका अनुसार हाल होटेलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स कोठा गरी कुल ८० कोठाहरू सञ्चालनमा छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij