Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

महालक्ष्मी विकास बैंकको नाफा १६.८७% ले वृद्धि,  प्रतिसेयर आम्दानी र नेटवर्थमा सुधार

महालक्ष्मी विकास बैंकको नाफा १६.८७% ले वृद्धि,  प्रतिसेयर आम्दानी र नेटवर्थमा सुधार

  •  

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६.८७ प्रतिशतले नाफा वृद्धि गर्दै ४३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ३७ करोड ३५ लाख रुपैयाँ थियो।

    बैंकको खुद ब्याज आम्दानी पनि ३.७८ प्रतिशतले वृद्धि भई १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ४८ करोड रुपैयाँ थियो। त्यस्तै, सञ्चालन नाफा १८.०६ प्रतिशतले बढेर ६२ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

    हालसम्म बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित रहेको छ।

    यस त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी  १ रुपैयाँ ६१ पैसाले वृद्धि भई १३ रुपैयाँ ५५ पैसा (वार्षिक) पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८६ पैसा कायम भएको छ।

    तर, बैंकको खराब कर्जा  भने ४.१६ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ, जुन जोखिम सूचकांकमा थोरै नकारात्मक संकेत हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij