Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

सिटिजन्स बैंकद्वारा १,११० कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

सिटिजन्स बैंकद्वारा १,११० कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १,११० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला गरेको छ। यसअघि विद्यमान संस्थापकहरुमा बिक्री नभएपछि बैंकले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरुलाई सेयर खरीदको अवसर दिएको हो।

    वैशाख ८ गतेदेखि सुरु भएको यो बिक्री प्रक्रिया अन्तर्गत इच्छुक खरीदकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। सेयरको अंकित मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ, तर इच्छुक व्यक्तिले तोकिएको मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिन सक्नेछन्।

    आवेदन दिन चाहनेले सिटिजन्स बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथमा पुगेर आवेदन पेश गर्नुपर्नेछ। यसअघि बैंकले फागुन २६ गते विद्यमान संस्थापकहरूलाई पहिलो चरणको सूचना जारी गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij