Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बैशाख ११ गतेदेखि कक्षा १२को परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णय ,दुविधामा नपर्न आग्रह

बैशाख ११ गतेदेखि कक्षा १२को परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णय ,दुविधामा नपर्न आग्रह

  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले  बिहान एक  बैठक बसी  परीक्षा नरोक्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

    शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका बेला बोर्डले यस्तो निर्णय गरेको हो ।तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । उनले भने ‘परीक्षा हुन्छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij