Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

कुमारी बैंकद्वारा ५ लाख ६ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकद्वारा ५ लाख ६ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ ।  कुमारी बैंक लिमिटेडले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, हालका अन्य संस्थापक सेयरधनीहरूले यी सेयर खरिदका लागि वैशाख ९ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले आवेदन पत्र कुमारी बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा बुझाउनु पर्नेछ। सेयर मूल्य भने बिक्रेताले तोकेको दरमा हुनेछ। निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ। यो अवसर संस्थापक सेयरधनीहरूका लागि लगानी विस्तार गर्ने उपयुक्त मौका हुन सक्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij