Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको खुद नाफा ५७%ले बढ्यो, तेस्रो त्रैमासमा ४ करोड नाफा

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको खुद नाफा ५७%ले बढ्यो, तेस्रो त्रैमासमा ४ करोड नाफा

  •  

    काठमाडौँ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.३१ प्रतिशतले वृद्धि हो। गत वर्ष यो कम्पनीले सोही अवधिमा ३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    नाफा वृद्धिको प्रमुख कारण कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार हुनु हो। अघिल्लो वर्ष १५ करोड १६ लाख रुपैयाँ रहेको ब्याज आम्दानी २५.४५ प्रतिशतले बढेर १९ करोड रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा पनि ५७.३१ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँमा पुगेको छ।

    यद्यपि, कम्पनीको इम्पेयरमेन्ट चार्जमा वृद्धि भएको उल्लेख गरिएको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ करोड ७२ लाख रुपैयाँ जम्मा छ।

    नाफा वृद्धिसँगै कम्पनीको प्रति सेयर आम्दानी ९भ्एक्० पनि ६ रुपैयाँ ५५ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष ४ रुपैयाँ २४ पैसा थियो। हाल कम्पनीको नेटवर्थ प्रति सेयर १४०.३४ रुपैयाँ रहेको छ, जसले वित्तीय आधारबल सुदृढ भएको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij