Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

अनावश्यक परीक्षण रोक्न र चिट्ठा बेच्नका लागि स्वास्थ्य बीमा बोर्डद्वारा सरकारलाई आग्रह

अनावश्यक परीक्षण रोक्न र चिट्ठा बेच्नका लागि स्वास्थ्य बीमा बोर्डद्वारा सरकारलाई आग्रह

  • काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण रोक्न सरकारसँग सहयोग माग गरेको छ ।अनावश्यक स्वाथ्य परीक्षणले त्यसको भुक्तानीमा समस्या आएपछि बोर्डले यस्तो सहयोग माग गरेको हो ।बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको बताए ।  अनावश्यक परीक्षण रोक्नका लागि स्वास्थ्य मन्त्रालयको सहयोग माग्ने निर्णय बोर्डले गरेको हो। बोर्डले प्रोटोकलअनुसार उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ।

    बोर्डले आफ्नो स्रोत बढाउन नेपालमा औषधि बिक्री वितरण गर्ने सबै कम्पनीले खर्चको निश्चित प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ।बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले  यसका लागि सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरिएको जनाए ।

    बोर्डले आम्दानी बढाउने उपायस्वरुप स्वास्थ्य बीमा चिठ्ठा कार्यक्रम सञ्चालनका लागि सकारसँग अनुमति पनि माग गरिएको छ । विभिन्न देशमा समेत यस्तो अभ्यास रहेको भन्दै बोर्डले चिठ्ठाबाट स्रोत बढाउन सकिने बताएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij