Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

ग्रीन डेभलपमेन्ट बैंकको नोक्सानी घट्दो क्रममा, ब्याज आम्दानीमा सुधार

ग्रीन डेभलपमेन्ट बैंकको नोक्सानी घट्दो क्रममा, ब्याज आम्दानीमा सुधार

  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा ग्रीन डेभलपमेन्ट बैंकले ६३ लाख ८३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीको तुलनामा उल्लेखनीय सुधार मानिन्छ। बैंकको खुद ब्याज आम्दानी २।८३ प्रतिशतले बढेर ३२ करोड ९३ लाख रुपैयाँ पुगेको छ, जसले बैंकको प्रमुख आयश्रोत स्थिर हुँदै गएको संकेत गर्दछ। यद्यपि, यस अवधिसम्म बैंक अझै ६० लाख ८७ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको छ। बैंकको १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी र ७६ करोड ५३ लाख रुपैयाँको जगेडा कोष रहेको छ, जसले यसको वित्तीय आधार बलियो रहेको देखाउँछ। तथापि, प्रति सेयर आम्दानी  ऋणात्मक ६८ पैसा कायम हुनु र गैर(सञ्चलनशील कर्जा  अनुपात ७।३० प्रतिशतबाट बढेर ८।४६ प्रतिशत पुग्नु बैंकका लागि चुनौतीपूर्ण पक्ष हुन्। यस्ता सूचकहरूले बैंकले आम्दानी सुधार गर्न थाले पनि जोखिम व्यवस्थापनमा अझ सुदृढता आवश्यक रहेको देखाउँछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij