Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

साइबरनेटिक्स प्रा. लि र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच अन्तर्राष्ट्रिय स्तरको 'हेल्थी हेल्थ प्याकेज' का लागि समझदारी - पत्रमा हस्ताक्षर

साइबरनेटिक्स प्रा. लि र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच अन्तर्राष्ट्रिय स्तरको 'हेल्थी हेल्थ प्याकेज' का लागि समझदारी - पत्रमा हस्ताक्षर

  • काठमाडौं । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै, साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच आज एक समझदारी - पत्र (MOU) मा हस्ताक्षर भएको छ।उक्त सम्झदारी अन्तर्गत, दुबै संस्थाले विदेशमा रहनु हुने व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा- बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् — जसले विश्वभरिमा रहनु हुने छोराछोरी तथा आफन्तले On-line बाट सेवा खरिद गरी आफ्नो नेपालमा रहनु हुने परिवारलाई  स्वास्थ्य सेवा प्रदान गर्न सक्नुहुन्छ।

    2.jpg

    यस प्याकेज अन्तर्गत विशेष गरी: पूर्ण स्वास्थ्य परीक्षण (Full Body Check-up), प्याथोलोजी सेवाहरू,निवारक तथा अग्रिम उपचार सेवा (Preventive & OPD Services), फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परिक्षण को सुबिधा लिन सक्नेछन्।सम्झौता पत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक  जेम्स न्याछ्योनले हस्ताक्षर गर्नु भएको हो। समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    1.jpg

    समारोहमा बोल्दै  ग्राण्डी अस्पताल प्रमुखले भन्नुभयो, "विदेशमा रहेका नेपाली दाज़ुभाई तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा On-line बात खरिद गरी प्रदान गर्न सक्नेछन्। यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो।" त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले जोड दिनुभयो,

    "हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले आफ्नो मातृभूमि नेपालमा बस्ने आफन्तजनहरुलाई स्वास्थ्य सेवा सुबिधा पुर्याउने यात्रामा छौं। "

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij