
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संयुक्त संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु भएको बजेट अधिवेशनको वैशाख महिनाको कार्यक्रम तय गरे अनुसार १९ गते नीति तथा कार्यक्रम परेको हो ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समिति बैठकले वैशाख महिनाभरको क्यालेण्डर पारित गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् । क्यालेण्डर अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ । १९ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि समितिले पारित गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij