Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

कामना सेवा विकास बैंकद्वारा २.६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकद्वारा २.६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले कुल २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। उक्त सेयर खरिदको लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरिएको छ।

    इच्छुक संस्थापक सेयरधनीहरूले आज (वैशाख १४ गते) बाट ३५ दिनभित्र आवश्यक कागजातहरू सहित बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ। आवेदन दिनुहुँदा, आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बैंकले जानकारी दिएको छ।

    यदि तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिदको लागि निवेदन प्राप्त नभएमा, प्रचलित कानुनको प्रावधान अनुसार अन्य लगानीकर्तालाई ती सेयर बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij