Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

यस साता नेप्से परिसूचक २.२० प्रतिशतले घटेर २७१९.७७ विन्दुमा बन्द,कारोबार रकम र बजार पूँजीकरणमा समेत उल्लेख्य कमी

यस साता नेप्से परिसूचक २.२० प्रतिशतले घटेर २७१९.७७ विन्दुमा बन्द,कारोबार रकम र बजार पूँजीकरणमा समेत उल्लेख्य कमी

  • काठमाडौँ ।यस साता नेप्से परिसूचक २.२० प्रतिशत अर्थात् ६१.२३ अंकले घटेर २७१९.७७ विन्दुमा बन्द भएको छ। गत साता २७८१.०० विन्दुमा बन्द भएको नेप्से यस साता पाँच कारोबार दिनमध्ये चार दिन लगातार घट्यो भने एक दिन मात्र वृद्धि देखियो। यससँगै अन्य सूचकहरू पनि कमजोर बने, जसमा सेन्सेटिभ इण्डेक्स ७.८५ अंक, फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंकले घटेका छन्।

    कारोबार रकमतर्फ पनि बजार सुस्त रह्यो। गत साता दैनिक औसत ६ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भए पनि यस साता दैनिक औसत कारोबार रकम ५ अर्ब १० करोडमा झर्‍यो, जुन २१.०४ प्रतिशतले कम हो। दैनिक औसत शेयर संख्या ९.२२ प्रतिशतले घटेको भए पनि दैनिक औसत कारोबार संख्यामा भने २६.३६ प्रतिशत वृद्धि भएको देखिन्छ। कुल बजार पूँजीकरण १ खर्ब रुपैयाँले घटेर ४५ खर्ब ४७ अर्बमा झरेको छ।

    यस साता १३ वटै उपसमूहको परिसूचक घट्यो। जलविद्युत उपसमूह ३.२८ प्रतिशतले घट्दै सबैभन्दा बढी कमजोर रह्यो भने जीवन बीमा उपसमूह अंकका हिसाबले २९३.१२ अंकले घट्यो। म्युचुअल फण्ड उपसमूह भने सबैभन्दा कम ०.१५ प्रतिशतले घट्यो। यस साता नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद, हिमालयन बैंकको एफपीओ र एसबिएल डिबेञ्चर २०९१ सूचीकृत भएका छन्।

    शेयर मूल्यमा नबिल ब्यालेन्स्ड फण्ड २ को इकाई मूल्य २०.६५ प्रतिशत बढ्दै सर्वाधिक वृद्धि देखिएको छ भने पिपुल्स पावर १७.७९ प्रतिशत घट्दै सर्वाधिक कमजोर रह्यो। नेपाल रिपब्लिक मिडिया र छ्याङ्दी हाइड्रोपावरको मूल्य पनि करिब १४ प्रतिशतले घट्यो। फ्लोरसिट विश्लेषणमा ७% आरबिबिएल डिबेञ्चर २०८८, सिटि होटल र प्रभु सेलेक्ट फण्ड ‘मोस्ट पपुलर बाइ स्टक’ बने भने सिक्लेस हाइड्रोपावर, जनउत्थान लघुवित्त र लिबर्टी इनर्जी ‘मोस्ट पपुलर सेल स्टक’ बनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij