Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावअस्वीकृत

संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावअस्वीकृत

  • काठमाडौं । संसदीय समितिबाट  संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावअस्वीकृत भएको छ ।प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त  प्रस्ताव अस्वीकृत गरिदिएको हो । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक ल्याएको थियो । त्यसमा संशोधन हालेर सांसदहरूले संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने व्यवस्था प्रस्ताव गरेका थिए ।

    समितिका सभापति विमला सुवेदीका अनुसार  सरकारले संशोधन गर्ने गरी प्रस्ताव नै नगरेको ऐनमा संशोधन गर्ने भनेर  त्यस्तो संशोधन स्वीकृत हुन नसकेको हो ।सरकारले संशोधन गर्ने नै नभनेको ऐन अर्को विधेयकमार्फत संशोधन गर्ने कुरा अमिल्दो थियो । त्यसकारण ‘संघीय संसद सचिवालयसम्बन्धी ऐन २०६४ मा संशोधन गर्ने भनेर आएका प्रस्ताव अस्वीकृत भएको  सभापति सुवेदीले भनिन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij