
काठमाडौं। नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।प्रहरीले बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई रोक्न खोज्दा झडप भएको हो ।
आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको बताउँदै भने ‘अहिले घाइते शिक्षकहरूलाई सिभिलमा ल्याएका छौँ । जटिल भएकालाई यहाँबाट ट्रमा लैजाने तयारी भइरहेको छ,’ गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij