Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

रोयल्टी रकम बुझाउन बाँकी ऊर्जा उत्पादकहरूका नाममा सूचना जारी

रोयल्टी रकम बुझाउन बाँकी ऊर्जा उत्पादकहरूका नाममा सूचना जारी

  • काठमाडौँ ।  रोयल्टी रकम नबुझाएका ऊर्जा उत्पादकहरूलाई रकम बुझाउन भनिएको छ ।विद्युत विकास विभागले बक्यौता रोयल्टी रकम बुझाउन बाँकी रहेका  ऊर्जा उत्पादकहरुलाई रोयल्टी रकम बुझाउन पत्राचार गरेको हो ।

    अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को रोयल्टी बापतको बक्यौता रकम बुझाउन छुटेका ऊर्जा उत्पादकहरुलाई बक्यौता रकम बुझाउन पत्राचार गरिएको हो। विभागको अनुसार १२५ वटा कम्पनीले रोयल्टी बापतको  रकम साढे २४ करोड रुपैयाँ बुझाउन बाँकी छ। आर्थिक वर्ष २०८०/२०८१ सम्म २४ करोड ४३ लाख २६ हजार बक्यौता रोयल्टी रकम उठाउन बाँकी रहेको जनाइएको छ।

    विभागले सूचना जारी गर्दै बक्यौता रोयल्टी रकम भुक्तानी गरेर रोयल्टी संकलन कार्यमा सहयोग गर्न प्रवर्धकहरुलाई विभागले आग्रह गरेको छ।जारी सूचनामा भनिएको छ  ‘आर्थिक वर्ष २०८०/८१ सम्मको रोयल्टी बापत बुझाउनुपर्ने रकम नबुझाएका निजी क्षेत्रका प्रवर्धकहरुको बाँकी बक्यौता रोयल्टी रकम असुल उपर गर्न नेपाल विद्युत प्राधिकरणले स्वतन्त्र ऊर्जा उत्पादकहरुलाई गर्ने भुक्तानीबाट कट्टा गरि राजश्व दाखिला गर्न पत्राचार गरिएको व्यहोरा सम्बन्धित प्रवर्धकलाई जानकारी गराइन्छ ।साथै बाँकी रोयल्टी संकलन कार्यमा सहयोग गर्न सम्बन्धित सबै प्रवर्धकहरुलाई विद्युत विकास विभाग अनुरोध गर्दछ।’

    विभागले ऊर्जा उत्पादकहरुबाट क्यापासिटी रोयल्टी र इनर्जी रोयल्टी संकलन गर्छ। जसमा विभागले उत्पादकहरुबाट इनर्जी रोयल्टी मासिक रुपमा र क्यापासिटी रोयल्टीमार्फतको वार्षिक रुपमा संकलन गर्दै आएको छ।विभागले जलविद्युत आयोजनाहरुबाट उत्पादन सुरु गरेको १५ वर्षसम्म फुल क्यापासिटी(पूर्ण क्षमता)को २ प्रतिशत र १५ वर्ष भन्दामाथिको हकमा १० प्रतिशतका दरले रोयल्टी संकलन गर्ने गरेको छ ।

    देहायका कम्पनीहरू रोयल्टी बझाउन बाँकी रहेका छन् 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij