Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

यस्तो छ राजस्व अनुसन्धान विभागको ६ वर्षको प्रगति विवरण

यस्तो छ राजस्व अनुसन्धान विभागको ६ वर्षको प्रगति विवरण

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले ६ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ ।विभागले आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१सम्मको राजस्व चुहावट र विदेशी विनिमय अपचलन तर्फको प्रगति विवरण सार्वजनिक गरेको हो । 

    यो अवधिमा राजस्व चुहावटसम्बन्धी मुद्दा ४ सय ४ वटा दर्ता गरिएको छ । ती मुद्दाहरूमा गरी १ हजार ३ सय २५ जनालाई प्रतिवादी बनाइएको छ । तीन मुद्दाहरूमा गरी कुल बिगो ६० अर्ब बढी रहेको छ । आव २०७५/७६मा ९३ मुद्दामा ३ सय १ जनालाई प्रतिवादी बनाइ ९ अर्ब ८३ करोड बराबरको बिगो मागदाबी विभागले गरेको थियो ।

    यसैगरी २०७६/७७मा ९६ मुद्दामा ३ सय २० जनालाई प्रतिवादी बनाइ १५ अर्ब ५९ करोड ७२ लाख  बिगो, २०७७/७८ मा ८४ मुद्दामा ३सय १७ प्रतिवादीमा १९ अर्ब ८१ करोड ९५ लाख ,२०७८/७९मा ७१ मुद्दामा  २ सय ४६ जना प्रतिवादी बनाइ १० अर्ब ४करोड ५६ लाख बिगो मागदाबी गरिएको विभागले जनाएको छ । यस्तै २०७९/८०मा ३४ मुद्दामा ५९ जनालाई प्रतिवादी बनाइ १ अर्ब ४५ करोड ६१ लाख र २०८०/८१मा २६ मुद्दा मा ८२ जनालाई प्रतिवादी बनाइ ६ अर्ब ५० करोड १० लाख रुपैयाँ बराबरको मागदाबी गरिएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

    विभागले विदेशी विनिमय अपचलन तर्फ  सोही अवधिमा ४ सय ८३ मुद्दामा ८ सय ४६ जनालाई प्रतिवादी बनाइ १५ अर्ब बढीको बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।सो विवरण अनुसार  आव २०७५/७६मा ९१  मुद्दामा १ सय ८२ जनालाई प्रतिवादी बनाइ ४अर्ब ५५ करोेड ६१ बराबरको बिगो मागदाबी विभागले गरेको थियो ।
    यसैगरी २०७६/७७मा १४७ मुद्दामा २ सय६६ जनालाई प्रतिवादी बनाइ १ अर्ब २२ करोड ९७ लाख  बिगो, २०७७/७८ मा ५४ मुद्दामा १सय १४ प्रतिवादीमा ७ अर्ब १६ करोड ७९ लाख , २०७८७९मा६० मुद्दामा  ९१ जना प्रतिवादी बनाइ ३ अर्ब २४करोड ६४ लाख बिगो मागदाबी गरिएको विभागले जनाएको छ । यस्तै २०७९/८०मा ४३मुद्दामा ६९ जनालाई प्रतिवादी बनाइ ६ करोड ४ लाख  १२ हजार र २०८०८१मा ८८ मुद्दा मा १ सय ६४ जनालाई प्रतिवादी बनाइ ४९ करोड ५७ लाख ७७ हजार रुपैयाँ बराबरको मागदाबी गरिएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij