Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

आत्मनिर्भर लघुवित्तको नाफा ६८.९३% ले बढ्यो, एनपीएल १५.०८%पुग्यो

आत्मनिर्भर लघुवित्तको नाफा ६८.९३% ले बढ्यो, एनपीएल १५.०८%पुग्यो

  • काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.९३ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा संस्थाले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

    संस्थाको खुद ब्याज आम्दानी ८ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा उल्लेख्य सुधार ल्याएको छ। साथै, प्रोभिजनका लागि छुट्याइने रकममा पनि कमी आएको छ।

    ७ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आत्मनिर्भर लघुवित्तको जगेडा कोष २० करोड रुपैयाँ पुगेको छ। हाल यसको प्रतिसेयर आम्दानी २७.४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३५५.३ रुपैयाँ कायम रहेको छ। तर, गैर–सञ्चलनशील कर्जा  १५.०८ प्रतिशत पुगेको देखिन्छ, जुन अपेक्षाकृत उच्च हो।

    हाल संस्थाको सेयर मूल्य माइक्रोफाइनान्स समूहको औसतभन्दा महँगो रहेको छ। आत्मनिर्भर लघुवित्तको प्रतिकित्ता सेयर भाउ ५,३२०.१२ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij