Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

ट्रेड टावर लिमिटेडको वैदेशिक आइपीओमा २.७० गुणा बढी आवेदन

ट्रेड टावर लिमिटेडको वैदेशिक आइपीओमा २.७० गुणा बढी आवेदन

  •  

    काठमाडौं ।ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको प्राथमिक सेयर (आइपीओ) मा १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आज (वैशाख १५ गत) बिहान १०:०६ बजेसम्म ४८ हजार ९२१ जनाले कूल १० लाख ७५ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन्, जुन कम्पनीले निष्कासन गरेको सेयर संख्याको २.७० गुणा बढी हो।

    कम्पनीले वैशाख ८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको हो। पहिलो चरणमा कम्पनीले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आइपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ। आवेदन सी–आस्वा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत गर्न सकिनेछ।

    क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ूइक्रा एनपी डबल बी माइनसू इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। उक्त रेटिङ २०८१ माघ ७ गते प्रदान गरिएको हो र २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij