Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

कामना सेवा विकास बैंकको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा वैशाख १५ गतेदेखि यी सेयर बिक्री खुला गरेको हो।

    सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिएर विक्री खुला गरिएकोमा सम्पूर्ण सेयर वितरण नभएपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत आवेदन दिन अनुमति दिइएको हो।

    इच्छुक खरीदकर्ताहरूले वैशाख २१ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन गर्दा न्यूनतम सम्पूर्ण कित्ताका लागि माग गर्नुपर्नेछ।

    प्राप्त सबै आवेदनपत्र वैशाख २२ गते बिहान  बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलीने कार्यक्रम तय गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij