Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको नाफामा ३८ गुणा वृद्धि, तेस्रो त्रैमासमा २.७४ करोड कमाई

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको नाफामा ३८ गुणा वृद्धि, तेस्रो त्रैमासमा २.७४ करोड कमाई

  •  

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गर्दै २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा केवल ७ लाख १ हजार रुपैयाँ मात्र रहेको थियो, जसको तुलनामा यो नाफा ३८ गुणाले अर्थात् ३ हजार ८१२ प्रतिशतले वृद्धि भएको हो। बिमा शुल्क संकलनमा तीव्र बृद्धि हुँदै १ करोड ७८ लाखबाट १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा लगानीबाट ३ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको छ। यी दुबै क्षेत्रबाट आएको आम्दानीको वृद्धि नै कम्पनीको नाफा बढ्नुमा प्रमुख कारण बनेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ, भने रिटेन्ड अर्निङ १ करोड ९० लाख रुपैयाँ पुगेको छ। यससँगै प्रति शेयर आम्दानी ४.८८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १०२.९३ रुपैयाँ पुगेको छ, जसले कम्पनीको वित्तीय आधार बलियो बनिरहेको स्पष्ट देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij