Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

भिजन इनर्जी एण्ड पावर लिमिटेडको विशेष साधारण सभा जेठ २ गते, सर्वसाधारणलाई आईपीओ ल्याउने तयारी

भिजन इनर्जी एण्ड पावर लिमिटेडको विशेष साधारण सभा जेठ २ गते, सर्वसाधारणलाई आईपीओ ल्याउने तयारी

  • काठमाडौँ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी थालेको छ। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते विहान ११ बजे विशेष साधारण सभा भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ।

    साधारण सभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र त्यस अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

    आईपीओ निष्कासनको प्रक्रियामा नियामक निकाय  बाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, थपघट वा परिवर्तनका लागि निर्देशन भएमा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij