Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले नेपाल भ्रमणमा

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले नेपाल भ्रमणमा

  • काठमाडाैँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रको रूपमा चिनिएका  चौथाइवाले तीन दिन नेपाल भ्रमणमा आएको  बताइएको छ। 

    भ्रमणका क्रममा प्रधानमन्त्री सत्ता गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। 

    चौथाइवाले  नेपाल भारतबिच पछिल्लो समय चिसिएको सम्बन्धलाई सुधार तथा सुदृढ बनाउन भूमिका खेल्ने बताइएको छ ।

    लामो समयदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन सकिरहेको छैन । त्यस क्रममा चौथाइवालेले भ्रमणको वातावरण बनाउने काम पनि गर्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij