Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

चेकजाँच छलेर भागेको दुर्घटनाग्रस्त कारबाट ४२१ किलो गाँजा बरामद

चेकजाँच छलेर भागेको दुर्घटनाग्रस्त कारबाट ४२१ किलो गाँजा बरामद

  • काठमाडौं ।सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार धनकुटाबाट  नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरीले बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार जाँच गर्न खोज्दा भागेको थियो ।

    जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो ।चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको  ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij