Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि  नागरिक जनमत पार्टीको एकतामा बाधा

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि  नागरिक जनमत पार्टीको एकतामा बाधा

  • काठमाडौँ ।  जनमतको एकीकरण घोषणामा बाधा परेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि  दुवै पार्टीको एकतामा बाधा पुगेको हो ।आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । प्रहरी स्रोतले उनलाई त्यहीँबाट पक्राउ गरिएको  जनाएको छ ।

    resham.jpg

    प्रज्ञा प्रतिष्ठानको परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएको भनिएपनि कारण भने खुलेको छैन् ।टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

    एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ । दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम सुरु हुन सकेको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij