Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६% घट्यो, ब्याज आम्दानीमा समेत भारी गिरावट

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४६% घट्यो, ब्याज आम्दानीमा समेत भारी गिरावट

  • काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा करिब ४६ प्रतिशतको गिरावट भएको जनाएको छ।
    गत वर्ष सोही अवधिमा १८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष भने मात्र ७ करोड ६ लाख रुपैयाँभन्दा थोरै नाफा कमाउन सफल भएको हो।कम्पनीको इम्पेयरमेन्ट चार्ज भने ६७ प्रतिशतले घटेको छ।
    गत वर्ष ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको चार्ज यस वर्ष घटेर १ करोड १२ लाख रुपैयाँमा झरेको छ।तेस्रो त्रैमाससम्म ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले विभिन्न सहकारी तथा संघसंस्थामा ५ अर्ब ८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । आफ्ना सदस्यहरुमा भने कम्पनीले २ करोड ४७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव १२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ७८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १२६ रुपैयाँ ७२ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij