Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

समाज लघुवित्तको नाफा २४% घट्यो, खराब कर्जा असुलीमा गिरावट मुख्य कारण

समाज लघुवित्तको नाफा २४% घट्यो, खराब कर्जा असुलीमा गिरावट मुख्य कारण

  • काठमाडौँ ।समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३९ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको ५१ लाख ३० हजार रुपैयाँ नाफाको तुलनामा २३.५७ प्रतिशतले कम हो।नाफामा आएको गिरावटको मुख्य कारण खराब कर्जा असुलीमा आएको कमी हो।
    गत वर्ष ३ करोड ११ लाख रुपैयाँभन्दा बढी खराब कर्जा असुली गरिएकोमा, यो वर्ष सो रकम घटेर १ करोड ६९ लाख रुपैयाँमा झरेको छ।यस कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ । जगेडा कोष रकम भने करिब १५ प्रतिशत बढेर ३ करोड ४० लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २८ करोड ३० लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने १५ करोड १ लाख रुपयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । कर्जा सापटी भने ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ ।

    गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ४९ प्रतिशतमा झरेको छ । वार्षिक १७ रुपैयाँ १६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २४९ रुपैयाँ १८ पैसा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij