Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

नेको इन्स्योरेन्सको २९औँ वार्षिक साधारण सभा जेठ ९ गते, ७% बोनस सेयर प्रस्ताव

नेको इन्स्योरेन्सको २९औँ वार्षिक साधारण सभा जेठ ९ गते, ७% बोनस सेयर प्रस्ताव

  •  

    काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा आगामी जेठ ९ गते बोलाएको छ। कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो।

    साधारण सभामा आर्थिक वर्ष २०७९/८० (०८०/८१) को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणका विषयमा निर्णय गरिनेछ।

    यसै सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० वितरण गर्ने प्रस्ताव पनि पारित गराउनेछ। लाभांश वितरण हालको २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्तापूँजीको आधारमा हुनेछ।

    कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने जानकारी दिएको छ। तर वैशाख २९ गते सार्वजनिक विदा परेकाले वैशाख २८ गतेसम्म नाममा दर्ता भएका सेयरधनीहरूले मात्र सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij