Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

तेह्रथुम पावर कम्पनीलाई १००% हकप्रद सेयर निष्कासनको अनुमति

तेह्रथुम पावर कम्पनीलाई १००% हकप्रद सेयर निष्कासनको अनुमति

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर सार्वजनिक गर्न लागेको हो, जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँमा पुग्नेछ।

    यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। कम्पनीले हकप्रद सेयरबाट संकलित पूँजी खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माणमा खर्च गर्ने योजना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij