Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images
नीति तथा कार्यक्रम

पुँजी बजार सुदृढीकरण र खराब कर्जा व्यवस्थापनमा सरकारको नीति

पुँजी बजार सुदृढीकरण र खराब कर्जा व्यवस्थापनमा सरकारको नीति

  • काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नेपालको पुँजी बजारको क्षमता र पारदर्शिता अभिवृद्धि गर्ने रणनीति अघि सारेको छ। राष्ट्रपती रामचन्द्र पौडेलले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धितोपत्र बोर्ड को सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पूँजी बजार सुधार गरिने स्पष्ट पारेका हुन्।

    सरकारको यो नीति पुँजी बजारमा लगानीकर्ताको विश्वास वृद्धि, सुनियोजित नियमन तथा आधुनिक संरचना निर्माण गर्ने लक्ष्यसहित ल्याइएको हो।

    खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी गठन
    नीति तथा कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरूको गैर(बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij