Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

हिमालयन लाइफ इन्सुरेन्सको नाफा ८.४९% ले बढ्दै ४७ करोड नाघ्यो, आम्दानी र लगानीमा पनि उल्लेखनीय वृद्धि

हिमालयन लाइफ इन्सुरेन्सको नाफा ८.४९% ले बढ्दै ४७ करोड नाघ्यो, आम्दानी र लगानीमा पनि उल्लेखनीय वृद्धि

  • काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो। लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी पनि ३.८८ प्रतिशतले वृद्धि भई ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १०।६८ प्रतिशतले बढेर १८ अर्ब ४८ करोड रुपैयाँमा पुगेको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब ९ करोड रुपैयाँमा रहेको छ। यद्यपि, प्रतिसेयर आम्दानी  ३५ पैसाले घट्दै ६.८९ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११६.०७ रुपैयाँ कायम रहेको छ, जसले वित्तीय स्थायित्वलाई दरिलो देखाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij