Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

आइएमई लाइफ इन्सुरेन्सको नाफा १०.४९% ले बढ्दै ३६ करोड नाघ्यो

आइएमई लाइफ इन्सुरेन्सको नाफा १०.४९% ले बढ्दै ३६ करोड नाघ्यो

  • काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो। गत वर्ष यसले ३३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ९६ करोड १३ लाख रुपैयाँबाट बढेर ९८ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस्तै, यस त्रैमासमा कमिसन आम्दानी ३ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष शून्य थियो। कमिसन आम्दानीले नाफा वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४२ करोड ५६ लाख रुपैयाँ पुगेको छ। सेयर प्रिमियममार्फत कम्पनीले ५२ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ। यद्यपि, प्रतिसेयर आम्दानी ११.०५ रुपैयाँबाट घटेर ९.७७ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२.६७ रुपैयाँमा कायम रहेको छ, जसले कम्पनीको वित्तीय अवस्था सबल रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij