Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

आज नेको इन्सुरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने  अन्तिम दिन

आज नेको इन्सुरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने  अन्तिम दिन

  •  

    काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले ल्याएको २ लाख २५ हजार २६१.३५ कित्ता लिलामी सेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ। कम्पनीले वैशाख १२ गतेदेखि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको थियो।

    यस लिलामीमा सहभागी हुन लगानीकर्ताले न्यूनतम मूल्य १ सय रुपैयाँको आधारमा प्रतिस्पर्धात्मक बोलकबोल गर्नुपर्नेछ। संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिन्छ।

    लिलामी सेयर बिक्रीको व्यवस्थापन सानिमा क्यापिटलले गरेको छ, र आवेदन सानिमा क्यापिटलको नक्सालस्थित कार्यालय तथा विराटनगर शाखाबाट दिन सकिनेछ। साथै, नेको इन्सुरेन्सका झापा, पर्सा, धनुषा, चितवन, मकवानपुर, कास्की लगायतका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने सुविधा उपलब्ध गराइएको छ। यसअघि कम्पनीले फागुन ८ देखि चैत १४ सम्म हकप्रद सेयर बिक्री गरेको थियो, जसमा बाँकी रहेका सेयर अहिले लिलामीमार्फत बिक्रीमा ल्याइएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij